प्रदेश २ को सिट बाँडफाँटः फोरमलाई १७ र राजपालाई १५ सिट

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

 

प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ । पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ ।

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ ।  सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ । धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ । सप्तरीको १ र २ फोरम तथा ३ र ४  राजपाले लिएका छन् । त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ ।


Source : OnlineKhabar

Comments